Logo

प्रमुख समाचार

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए । तर, देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।

दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलिसम्ममा राजीनामा दिने बताए ।

उनले भने, ‘उहाँले सभापतिसँग हिजो कुरा गर्नुभएको छ। अब भोलिसम्ममा राजीनामा दिने मनस्थितिमा हुनुहुन्छ ।’

लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार ०९:५६   :  बजे

768
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।