Logo

प्रमुख समाचार

सिद्धार्थ बैंकका ग्राहकहरूलाई चम्पादेवी हिलसाइड रिसोर्टमा २० प्रतिशत छुट



सिद्धार्थ बैंक लिमिटेडले दक्षिणकालीस्थित चम्पादेवी हिलसाइड रिसोर्टसँग छुट सुविधा सम्बन्धी सहकार्य सम्झौता सम्पन्न गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्टमा भुक्तानी गर्दा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार चम्पादेवी हिलसाइड रिसोर्टमा कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत छुटका साथ सेवा लिन सक्नेछन्।

साथै, एसबिएलएनपिएल टिकट होल्डरहरूका लागि एसबिएलएनपिएल सिजन–२ अवधिभर लागू हुने विशेष छुटको व्यवस्था गरिएको छ। टिकट प्रस्तुत गरी भुक्तानी गर्ने ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ।

सहकार्यको उद्देश्य बैंकिंग सेवालाई जीवनशैली, पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा विस्तार गर्दै ग्राहकलाई प्रत्यक्ष सुविधा उपलब्ध गराउनु रहेको बैंकको भनाइ छ। यससँगै ग्राहकलाई नगद भुक्तानीभन्दा डिजिटल कारोबारतर्फ आकर्षित गर्ने बैंकको अभियानलाई यस सम्झौताले थप बल मिल्ने बैंकले विश्वास लिएको छ।

डा. चम्पादेवी हिलसाइड रिसोर्टले यस सहकार्यले आफ्नो सेवा पहुँच तथा ब्रान्ड अनुभवलाई नयाँ स्तरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ। रिसोर्टको सेवा, वातावरण र स्थल आकर्षणलाई मध्यनजर गर्दै छुट कार्यक्रमले बैंकका ग्राहकलाई प्रोत्साहन दिने लक्ष रहेको बताइएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार २३:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।