काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएकी हुन् । यसै सन्दर्भमा उनले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरेकी थिइन् ।
सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने उनको भनाइ थियो ।
विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न पनि उनको निर्देशन छ । उनले भनिन्,’म्यानपावर (व्यवसायी) मोटाउने काम मात्र नगरौँ। म्यानपावरलाई सचेत गराउनुपर्यो। अलपत्र पार्न भएन।’




















प्रतिक्रिया