Logo

प्रमुख समाचार

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण



 

नेपाल सरकारका ७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७ उपसचिव र ४९ शाखा अधिकृत गरेर ५६ जना कर्मचारीको सरुवा गरेको हो।

७ जना उपसचिवको सरुवा गर्दा ३ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने बाँकी १ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ।
यस्तै ४९ जना शाखा अधिकृतको सरुवा गर्दा ९ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ७ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएर अन्यत्र सरुवा गरिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार २२:१९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।