Logo

प्रमुख समाचार

साउन मसान्तसम्म प्रतिनिधिसभा बैठक ६ दिन बस्ने



काठमाडौं । प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाको बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो ।

क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक सोमबारसहित ६ दिन बस्नेछ । तय गरिएको ‘पाक्षिक सम्भावित कार्यतालिका’ अनुसार प्रतिनिधिसभा बैठक साउन १९, २०, २१, २७, २८ र २९ गते बस्नेछ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १३:११   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।