काठमाडाैं । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ प्रचलनमा ल्याएको छ ।
कोषले ऋणीको मृत्यु,अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षतिविरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले उक्त योजना प्रचलनमा ल्याएको हो।
भक्तपुर आयोजित एक कार्यक्रमबीच कोषले उक्त योजना सार्वजनिक गरेको हो।
कार्यक्रममा क, ख ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका लघु कर्जा विभागका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।
कोषले घोषणा गरेको अतिरिक्त सुरक्षण योजनाले कोषको चालू सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ सम्मको कर्जाको सुरक्षण गर्नेछ। योजनाले ऋणी तथा निजको पति पत्नीको मृत्यु, स्थायी अपाङ्गतावा परियोजनाको नष्ट हुँदा बाँकी कर्जाको शत प्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरेको छ। योजनाको सदस्यता प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कमा ०.१५ प्रतिशत थप सुरक्षण शुल्क तिर्नु पर्नेछ।





















प्रतिक्रिया