Logo

अर्थ

बजाजको अत्याधुनिक विद्युतीय स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक, कतिपर्छ मूल्य?



काठमाडाैं ।  विश्व प्रसिद्ध सवारी निर्माता बजाज अटो लिमिटेडले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक गरेको छ । भारतबाहिर पहिलोपटक नेपालमा लञ्च भएको यस स्कुटरलाई कम्पनीले दिगो, स्मार्ट र सुरक्षित मोबिलिटी समाधानतर्फको ठूलो फड्कोको रूपमा प्रस्तुत गरेको छ।

३.५ किलोवाट आवरको ब्याट्रीयुक्त चेतक ३५०१ एकपटकको चार्जमा १५३ किमि रेञ्ज दिनेछ । स्मार्ट चार्जिङ प्रणालीबाट ३ घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने यो स्कुटर नेपालका शहरी-उपशहरी भूगोललाई ध्यानमा राखी डिजाइन गरिएको हो।

पुरै मेटल बडीमा निर्माण गरिएको स्कुटरआइपी ६७ प्रमाणित वाटर रेसिस्टेन्ट पनि हो, जसले विभिन्न मौसममा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वसनीयता दिन्छ। स्कुटरको फ्लोरबोर्डमा राखिएको नयाँ ब्याट्री डिजाइनले ३५ लिटरको विशाल अन्डर-सिट स्टोरेजको सुविधा दिन्छ, जुन विद्युतीय स्कुटर सेग्मेन्टमै सबैभन्दा ठूलो मानिन्छ।

स्मार्ट प्रविधि पनि चेतक ३५०१ को अर्को विशेषता हो। टेकप्याक एड-अनमार्फत चालकले स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल, म्याप, म्युजिक कन्ट्रोल, कागजात भण्डारण तथा कल ह्यान्डलिङजस्ता सुविधा प्रयोग गर्न सक्छन्। साथै, रिमोट इम्मोबिलाइजेसन, गाइड-मी-होम लाइट, जियो-फेन्सिङ, एन्टि-थेफ्ट अलार्म र दुर्घटना पहिचान प्रणालीजस्ता अत्याधुनिक सुरक्षा फिचरहरू पनि उपलब्ध छन्।

बजाजका एशिया क्षेत्रीय उपाध्यक्ष मनीष थपारका अनुसार चेतक ३५०१ स्मार्ट प्रविधिसँगै क्लासिक डिजाइनको संयोजन हो, जुन प्रविधिमा रुचि राख्ने युवाहरूका लागि उपयुक्त छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले स्कुटरलाई “नेपाली बजारको यात्रामा नयाँ अध्याय” भन्दै वातावरणीय उत्तरदायित्व र गुणस्तरको उत्कृष्ट संयोजन भएको बताए ।

एक्स-शोरूम मूल्य रु. ३,२४,९०० तोकिएको चेतक ३५०१को बुकिङ काठमाडौंका आधिकारिक डिलरहरूबाट सुरु भइसकेको छ भने डेलिभरी सन् २०२५ बाट सुरु हुने बताइएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १७:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।