Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला १ हजरा ९ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार ११:३५   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।