Logo

प्रमुख समाचार

वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा दुई जनालाई पक्राउ



काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मङ्गला गाउँपालिका–४ घर भएर ललितपुर बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी र पाँचथरको फिदिम घर भएर टोखा बस्दै आएका ४६ वर्षीय उमेश हिङमाङ छन् ।

मंगलबार उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

बुढाथोकीले युएई पठाउँछु भनेर १ लाख र हिङमाङले पनि युएई पठाउँछु भनेर ११ लाख ठगी गरेको पीडितहरुले बताएका छन् । उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार २१:३०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।