Logo

अर्थ

हुन्डाई नेपालद्वारा ‘Hyundai Awesome August’ योजना घोषणा, गाडी खरिदमा ८ लाख रुपैयाँसम्मको नगद छुट



काठमाडाैं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘Hyundai Awesome August’ योजना सुरु गरेको छ । यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन् ।

२०८२ साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाण्डौको भृकुटीमण्डपमा आयोजना भइरहेको NAIMA मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ । हुन्डाईको स्टल नम्बर L4 रहेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा रु. ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन्। यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।

“Hyundai Awesome August” योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ। विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। NAIMA मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन्। दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।

हुन्डाईले आफ्नो Grand i10 NIOS, Venue, Creta Electric, Creta Ice and Ioniq5 जस्ता आधुनिक मोडलहरुसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १४:१८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।