Logo

अर्थ

कामना सेवा विकास बैंकका ग्राहकलाई स्काई वाक टावरमा विशेष छुट



काठमाडौं । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौंस्थित स्काई वाक टावरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काई वाक टावरको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक टावरका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरे ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १६:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।