Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे ८ अर्बकाे काराेबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसुचक १८.३० अंकले बढेर २८५० को विन्दुमा कायम भएको छ ।

आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको कारोबार भएको छ । यस कम्पनीको ३९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३६ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १५:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।