Logo

अर्थ

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा T352X र T252X मोटरसाइकल सार्वजनिक



काठमाडाैं । मोर्बिडेली नेपालले राजधानीमा आयोजना भईरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू, T352X र T252X सार्वजनिक गरेको छ। इटालियन डिजाइनर अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू-भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।

मोर्बिडेली T352X: उच्च प्रदर्शन र साहसिक क्षमताT352X एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भू-भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ ।

T352X प्रमुख विशेषताहरू:
३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन: ४०.९ एचपी ८,५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने ६-स्पीड गियरबक्स, बोश डुअल च्यानल ABS, स्लिपर क्लच र ७-इन्च TFT डिस्प्ले (मोर्बिडेली कनेक्ट एपसँग एकीकृत) छ ।

साथै उत्कृष्ट ह्यान्डलिङ: पिरेली स्कॉर्पियन टायर, USD फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन र १८ लिटरको इन्धन ट्याङ्कउपलब्ध छ ।

MORBIDELLI T352X शोरूम मूल्य: रू. ९,९७,०००/- रहेको छ भने NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा बुक गर्दा मूल्य: रू. ९,२३ ,००० /- मा पाउन सकिन्छ ।

मोर्बिडेली T252X:
स्टाइल, सहजता र किफायती मूल्य T252X विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ, जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ ।

प्रमुख विशेषताहरू:
२४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन — ३३.५ एचपी @ १२,००० आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने ६-स्पीड गियरबक्स, डुअल च्यानल ABS, स्लिपर क्लच रहेको छ । साथै १७ इन्च एलोय ह्वील, USD फ्रन्ट फोर्क, TFT डिस्प्ले उपलब्ध छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १६:२६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।