Logo

बैंकिङ

एनआइसी एसियाले तोक्यो साधारण सभा, बुक क्लोज कहिलेबाट ?



एनआइसी एसिया बैंकले मंसिर २१ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने गरी हुनेछ । 

एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सभामा २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । जसमध्येबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १० गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर ९ गतेसम्म कायम लगानीकर्ताले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १२:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।