Logo

अर्थ

फोर्थिङ फ्राइडे इभी सार्वजनिक, सुरुवाती मूल्य ५०.९६ लाख



काठमाडौं । नेपालमा बढ्दो विद्युतीय सवारी साधन बजारमा नयाँ आयाम थप्दै लक्ष्मी ई-मोबिलिटीले चीनको अग्रणी इभी ब्रान्ड ‘फोर्थिङ’ को पहिलो मोडेल फ्राइडे इभी सार्वजनिक गरेको छ ।

यो गाडी २०८२ साउन २ गते काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा २०२५ राष्ट्रिय अटो प्रदर्शनीको उद्घाटन अवसरमा सार्वजनिक गरिएको हो ।

फोर्थिङ फ्राइडे इभी नेपाली बजारमा दुई भेरियन्ट — लक्जरी र एक्सक्लुसिभ — मा उपलब्ध छ, जसको प्रारम्भिक मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख तोकिएको छ । हाल नाइमाको विशेष अफरअन्तर्गत दुबै भेरियन्टमा रु २ लाख छुट र एक वर्षको अटो र बीमा दिइँदैछ। यस अनुसार लक्जरी भेरियन्ट रु ४८.९६ लाख र एक्सक्लुसिभ रु ५४.९६ लाखमा किन्न सकिने कम्पनीले जनाएकाे छ ।

फ्राइडे इभी मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर जडान गरिएको छ, जसले ४०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने बताइएको छ । स्मार्ट इर्गोनोमिक्स, प्रयोगमैत्री भित्री डिजाइन, मसाज फिचरयुक्त स्पोर्ट्स सीट, र एक्सक्लुसिभ भेरियन्टमा रहेको इलेक्ट्रिक टेलगेट सुविधाले यो गाडीलाई अझै प्रिमियम बनाएको कम्पनीको दाबी छ ।

फ्राइडे इभी शहरका सडकदेखि विकेन्द्रीकृत गन्तव्यसम्मको यात्रा सहज बनाउन सक्षम भएकाले यो गाडी विलासिता, प्रदर्शन र प्रविधिको उत्कृष्ट संयोजन भएको किफायती इभी विकल्पका रूपमा प्रस्तुत गरिएको हो।

लक्ष्मी ई-मोबिलिटीकाअनुसार कम्पनीले फोर्थिङ सँगको सहकार्यमार्फत नेपालमा वातावरणमैत्री र भविष्यमुखी सवारी समाधान पुर्‍याउने प्रतिबद्धता बलियो बनाएको छ ।

नाइमा२०२५ प्रदर्शनी साउन २६ गते सोमबारसम्म चल्नेछ । इच्छुक ग्राहक तथा दर्शकहरूले स्टल A4 मा पुगेर ‍‍ फ्राइडे इभी को प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १७:३०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।