Logo

खेलकुद

अस्ट्रेलियामा हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ



 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

क्यानले आइतबार एक कार्यक्रम गर्दै टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ ।
सिरिजमा पाकिस्तान र बंगलादेशका ए टिमसहित विभिन्न टोलीसको सहभागिता छ । नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । यसलाई अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार २०:५८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।