Logo

अर्थ

हिमालयन बैंकको निष्क्रिय कर्जा ७ प्रतिशत नाघ्यो, वितरणयोग्य नाफा ७ अर्ब १० करोड ऋणात्मक



काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा २२.१५ प्रतिशत बढेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो ।

बैंकको इम्पेरिमेन्ट चार्ज (लोन लस प्रोभिजन) उच्च दरले घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ५ अर्ब २६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ५३ करोड छ ।

खुद ब्याज आम्दानी पहिले ११ अर्ब ६१ करोड रहेकोमा गत आवमा १० अर्ब ४५ करोडमा सीमित भयो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ५.७२ रुपैयाँ रहेकोमा गत आवमा ६.९८ रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ४.९८ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ७.२८ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड ऋणात्मक छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १०:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।