Logo

अर्थ

फोनपे नेपालकै पहिलो पीसीआई डीएसएस प्रमाणित पीएसओ बन्न सफल



काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डीएसएस)को लेभल १ सर्टिफिकेट प्राप्त गरेको छ ।

यो गौरवपूर्ण प्रमाणपत्रले फोनपेले आफ्नो नेटवर्कमार्फत हुने सम्पूर्ण कारोबारहरूमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्न गरेको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ ।

‘पीसीआई डीएसएसको लेभल १ भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्न गम्भीर प्राविधिक संरचना, नीति र निगरानी प्रणाली आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राख्न र सुरक्षा पूर्वाधार बलियो बनाउन गरेको कम्पनीको लगानी र प्रतिबद्धतालाई दर्शाउँछ ।’

यस प्रमाणपत्रले फोनपे पेमेन्ट नेटवर्कमाथि रहेका आफूहरूका साझेदार बैंक तथा वित्तीय संस्था, ई–वालेट तथा ग्राहकको डेटा सुरक्षामाथिको विश्वसनीयता थप सुदृढ गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ११:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।