Logo

अर्थ

नेपाल एसबिआई बैंकको नाफा ९.८६ प्रतिशतले घट्यो, लाभांश क्षमता ११ प्रतिशत



काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ८० करोड रुपैयाँ छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशत कम हो ।

अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो । बैंकको अघिल्लो आर्थिक वर्ष इम्पेरिमेन्ट चार्ज ६४ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष बढेर १ अर्ब २ करोड रुपैयाँ छ ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ५ अर्ब ७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब २६ करोड रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा बढेको छ । असार मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब २३ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ २९ पैसा हो । प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १२:१६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।