Logo

अर्थ

हिमालयन डिस्टिलरीको नाफा ९५ करोड ३२ लाख



काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा २.६ गुणा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३६ करोड ५० लाख रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्ष ७ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी जम्मा ४ अर्ब १५ करोड थियो ।

अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८८ पैसा रहेकोमा गत आर्थिक वर्ष ३१ रुपैयाँ २ पैसा छ । प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १४:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।