Logo

अर्थ

ललितपुरका २ उद्योग तथा फर्मलाई २ लाख ५१ हजार जरिबाना



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका २ उद्योग तथा फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बुधबार गरेको अनुगमनमा ललितपुर महानगरपालिका– १९ मा रहेको डीएमएस इन्टरप्राइजेज प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको छ । यस्तै ललितपुर महानगरपालिका–२० मा रहेको स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

जरिबाना तिराइएका उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १४:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।