काठमाडाैं । एनआइसी एसिया क्यापिटल लिमिटेडले आज (बिहीबार )देखि खुलामुखी योजना ‘एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गरेको छ ।
प्रतिइकाई १० रूपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
क्यापिटलले १० करोड इकाईमध्ये बीउ पुँजीबाट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात् १५ करोड रूपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआइसी एसिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।
उक्त फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।
एनआइसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।




















प्रतिक्रिया