काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ७.६ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब २ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी अघिल्लो अर्थिक वर्ष ५ अर्ब १३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ४ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।
बैंकले लोन लस प्रोभिजनबाट ३३ करोड रुपैयाँ फिर्ता गरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३० रुपैयाँ १७ पैसा छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७३ पैसा थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १९ रुपैयाँ ८५ पैसा हो । बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ छ ।




















प्रतिक्रिया