Logo

अर्थ

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो, कहिलेसम्म आवेदन दिन सकिन्छ?



काठमाडौं । आम सर्वसाधारणका लागि स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ ।

सर्वसाधारणका लागि कम्पनीको १ लाख ९५ हजार १९५ कित्ता सेयर खुलेको हो । वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै सेयर बाँडफाँट भइसकेको छ । भदौ ३ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार ११:००   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।