काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार बैंकले १ अर्ब ३१ करोड नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा बैंककाे नाफा २०१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३१ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा ४.८५ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २८ करोड ६४ लाख ३ हजार रुपैयाँबाट बढेर ७१ करोड ४९ लाख ७८ हजार रुपैयाँ पुगेको छ । वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमता १२.५८ प्रतिशत रहेको छ ।
समिक्षा अवधिसम्ममा बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रहेको छ भने बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ४१ लाख रुपैयाँ सञ्चिति रहेको छ । अघिल्लो आर्थिक वर्षमा २० रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी बढेर २३.०७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया