Logo

अर्थ

प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच विशेष छुट सम्झौता



पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.बीच विशेष छुट दिने सम्झौता भएको छ ।

व्यावसायिक साझेदारी अन्तर्गत भएको उक्त सम्झौतामा मेडिप्लस हस्पिटलका अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत (एनबीसीओ) राजु राना मगरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट विशेष गरी बैंकका ग्राहक र कर्मचारीलाई अतिरिक्त हेरचाह प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो ।

पोखरा–११, रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र आधुनिक सुविधा उपलब्ध गराउँदै आएको छ । उक्त साझेदारीबाट प्रभु बैंकका ग्राहक र कर्मचारी दुवै लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १३:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।