Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड ७० लाख, प्रतिसेयर आम्दानी १५ रुपैयाँ



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार कम्पनीको मुनाफा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड रुपैयाँबाट सामान्य घटेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालन नाफा ७.७० प्रतिशतले बढेर ७५ करोड ३९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ७० करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड १८ लाख ७८ हजार रुपैयाँबाट बढेर ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुराएको छ । बैंकको खराब कर्जा भने ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ ।

चौथो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६० करोड सञ्चिति छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.१० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १३:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।