Logo

प्रमुख समाचार

घातक खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन कुवेत दूतावासको सुझाब



काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण भएको भनिएको घटनामा करिब ३५ नेपाली अस्पताल भर्ना भएको नेपाली दूतावास कुवेतले जनाएको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो ।

“उनीहरूमध्ये केहीको मृत्यु भएको जानकारी राजदूतावासले प्राप्त भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भै रहेको छ । केही बिरामीहरू विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेका छन्,” दूतावासले विज्ञप्तिमा भनेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूतलगायत अन्य कर्मचारीहरूले तुरून्त विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

दूतावासले स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार २१:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।