Logo

अर्थ

नेपाल पुनर्बिमा कम्पनीको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । गत साउन २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले कम्पनीको आगामी साधारणसभासम्मका लागि स्वतन्त्र सञ्चालक पदमा रहेर काम गर्नेछन् ।

यसअघि, सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएकी थिइन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १०:२७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।