Logo

अर्थ

पोखरामा बीवाईडीको नयाँ शोरूम: बीवाईडी ‘सिलाएन ७’ को शुभारम्भ



पोखरा । नेपालमा बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलाएन ७’ लाई पनि सो अवसरमा सार्वजनिक गरेको हो उक्त सोरुमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक समारोहका साथ गरेका छन् ।

सोरुम कम्पनीको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यसले कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

जसले ग्राहकहरूलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने छ । शोरूमको ठिक पछाडि निर्माण भइरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने बताइएको छ । पोखरा दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार देखेर नै सोरुम खोलिएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठको भनाई छ ।

नयाँ शोरूम र गुणस्तरीय सेवा प्रवाह गरेर ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै उनले बीवाईडी सिलाएन ७ ले अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने बताए।

साइमेक्सले पोखरामा आफ्नो सञ्चालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्‍याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १०:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।