Logo

अर्थ

सेयर बजारमा २७ अंकको गिरावट, ७ अर्ब ७३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१ को विन्दुमा कायम भएको छ ।

आज ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ७.९३ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १५:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।