Logo

अर्थ

नाडा अटो शोमा बैंकहरूको आकर्षक अटो लोन अफर, न्यूनतम ब्याजमै ईभी

कृषि विकास बैंककाे सबैभन्दा सस्तो ईभी लोन



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको १७औँ नाडा अटो शोमा आठ वाणिज्य बैंकले अटो लोन अफर सार्वजनिक गरेका छन् ।

ईभी कर्जा न्यूनतम ६.२३ प्रतिशतदेखि ८.१५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइएको छ । कृषि विकास बैंक, नबिल बैंक, हिमालयन बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंकले पनि फिक्स्ड र फ्लोटिङ दरमा अटो लोन योजना ल्याएका छन् ।

कृषि विकास बैंकले सबैभन्दा सस्तो ६.२३ प्रतिशतमा ईभी लोन ल्याएकाे छ । बैंकले नाडा अवधिभर सेवा शुल्कमा ३३ प्रतिशत छुट दिएको जनाएको छ । नबिल बैंकले ६.७४ प्रतिशत ब्याजमा ईभी गाडी खरिदमा ऋण दिने भएको छ । बैंकले न्यूनतम पाँचदेखि सात वर्षसम्म अवधिका लागि अटो लोन दिने जनाएको छ ।

यस्तै हिमालयन बैंकले साढे ७ प्रतिशत ब्याजमा ईभी गाडी खरिदका लागि ऋण दिने भएको छ । एनएमबी बैंकले नाडा अटो शोमा सात वर्ष अवधिका लागि फिक्स्ड ब्याजदरमा ८.८९ प्रतिशत र फ्लोटिङ दरमा साढे सात प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंकले न्यूनतम ६.९९ देखि ८.२५ प्रतिशत ब्याजमा अटो लोन दिने भएको छ । फ्लोटिङदरमा ६.९९ रहेको छ भने फिक्स्डमा ८.२५ प्रतिशत ब्याजदर रहेको छ । यसैगरी सानिमा बैंकले पनि पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजमा अटो लोन दिने भएको छ ।

नेपाल एसबीआई बैंकले आधारदरमा ०.७० प्रतिशत प्रिमियम थपेर अटो लोन दिने भएको छ ।

 

बैंकहरूले ५ देखि ८ वर्षसम्मका लागि लोन अवधि निर्धारण गरेका छन् । राष्ट्र बैंकले ईभी कर्जा सीमा घटाएर ६० प्रतिशतमा झारेपछि ४० प्रतिशत डाउन पेमेन्ट अनिवार्य गरिएको छ । गत जेठसम्म कूल एक खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी अटो कर्जामा लगानी भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १७:५०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।