काठमाडाैं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्ना दुई मोटरसाइकलका नयाँ भेरियन्ट प्रस्तुत गरेको छ।
कम्पनीले एमटी–१५ भीटु को ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ तथा एफजेड–एस भिथ्री डिलक्सको ‘आइस फ्लुओ भर्मिलियन’ सार्वजनिक गरेको हो ।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुँदैछ । यस अवधिमा आगन्तुकहरूले नयाँ मोडेल प्रत्यक्ष अवलोकनसँगै ७ हजार रुपैयाँसम्म छुट, मोटो जिपी रेस प्रत्यक्ष हेर्ने मौका तथा एमटी सिरिज बुकिङमा प्रिमियम ज्याकेटजस्ता विशेष अफर पाउनेछन्।




















प्रतिक्रिया