काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडी नाडा अटो शोमा सार्वजनिक गरिएको छ । आजदेखि जिली ईएक्स ५ म्याक्स प्रो कार, जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधा र आकर्षक छुटसहित टेस्टड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएको आयातकर्ता कम्पनी एलआरआर मोटर्सले जनाएको छ ।
ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स ५ भित्र्याएको हो । एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालका लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।
यस वर्षको नाडा अटो शोमा खरिदकर्ताका लागि कम्पनीले विशेष छुट योजना घोषणा गरेको छ । अब ग्राहकले आकर्षक जिली ईएक्स ५ को मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । जुन वास्तविक मूल्यभन्दा तीन लाख रुपैयाँ कम हो । त्यस्तै, स्टाइलिस जिली ईएक्स ५ प्रोको मूल्य ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस गाडीको वास्तविक मूल्य ५८ लाख कायम भएको थियो ।
त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको कम्पनीले जनाएको छ । सुरुमा ६८ लाख मूल्य रहेको जेवाई एयर अल्ट्रा ६४ लाख ९९ हजारमा उपलब्ध छ । सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइटको मूल्य ४९ लाख ९९ हजार रुपैयाँमा पाइने कम्पनीले जानकारी दिएको छ ।
यी विशेष अफरसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्तामाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ ।
कम्पनीले जिली ईएक्स ५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ । दुई लाख रुपैयाँ ननरिफन्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आइफोन १६ प्रो म्याक्स वा एक तोला सुन वा एक लाख ८० हजार रुपैयाँसम्मको नगद छुटमध्ये कुनै एक पाउने अवसर प्राप्त गर्ने एलआरआर मोटर्सले जनाएको छ ।




















प्रतिक्रिया