काठमाडौं । नाडा अटो शो-२०२५ सुरु आजबाट भएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोको उद्घाटन गरेका हुन् ।
नाडा अटो शोको पहिलो दिनमै विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण बनेकाे छ । अटो शोको प्रदर्शनमा राखिएको उड्ने कार अवलोकन गर्न आउनेहरूको भीड व्यापाक छ ।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने गाडीमध्ये ४० प्रतिशत गाडी एक्स्पोको क्रममा बुकिङ हुने गरेको बताए । नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ ।
तस्बिरहरु :





















प्रतिक्रिया