Logo

प्रमुख समाचार

एनआरएनए अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम



 

काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२ औँ महाधिवेशनमा उम्मेदवार बन्नेहरूको लागि उम्मेदवारी शुल्क तोकिएको छ।

संघको पदाधिकारी बैठकले अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरेको हो। संघले ११ औँ महाधिवेशनमा तोकिएको शुल्कलाई यथावत् राख्दै सबै पदमा उम्मेदवारी शुल्क अनिवार्य गरेको छ।

तर महिला र युवा पदमा भने विशेष छुट दिइएको छ।

युवा तथा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी शुल्क १ लाख ७५ हजार रुपैयाँ मात्र तोकिएको छ भने महासचिव पदमा ३ लाख रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार ०७:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।