Logo

अर्थ

साउनमा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्बले घट्यो, कर्जामा ११ अर्बको कमी



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा वाणिज्य बैंकहरूमा ५२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघको प्रारम्भिक तथ्यांकअनुसार असार मसान्तसम्म ६५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको निक्षेप साउन मसान्तमा घटेर ६४ खर्ब ७९ अर्बमा झरेको हो।

नेपालमा सञ्चालित २० वाणिज्य बैंकमा ६५ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन मसान्तसम्म आउँदा त्यो ६४ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यस्तै, साउनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ११ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४९ खर्ब ७५ अर्ब रुपैयाँ थियो । साउन मसान्तसम्म आउँदा त्यो ४९ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

विशेषज्ञहरूका अनुसार असारमा सरकारी खर्च बढ्दा बैंकमा निक्षेप बढ्ने र साउनमा निर्माण कम्पनीहरूले भुक्तानीका लागि पैसा झिक्दा निक्षेप घट्ने प्रवृत्ति देखिन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १३:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।