Logo

अर्थ

रोटरी क्लव अफ नार्गाजुनद्धारा राष्ट्रिय वाणिज्य बैंक सम्मानित



काठमाडाैं । सामाजिक उत्तरदायित्वमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै रोटरी क्लव अफ नार्गाजुनले राष्ट्रिय वाणिज्य बैंकलाई सम्मान गरेको छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेको अग्रणी वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकले विगत वर्ष क्लवसँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै क्लवले सम्मान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाललाई क्लवका वर्ष २०२५/२६ का अध्यक्ष विशाल गैरेले उक्त सम्मान पत्र प्रदान गरेका हुन् । सम्मानपत्र ग्रहण गदैं प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो सम्मानले बैंकलाई सामाजिक कार्यका लाथि थप हौसला प्रदान गरेको बताए ।

कार्यक्रममा लगानीको अवसर शिर्षकको कार्यक्रममा बैंकर खनालले कृषि, उर्जा, पर्यटनलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गदैं उद्यम व्यवसायमा कुनै पनि कुराको स्केलअप गर्ने, मुल्य थप्ने काम महत्वपुर्ण भएको बताए । कार्यक्रममा क्लवका अध्यक्ष समेत रहेका युवा उद्यमी विशाल गैरेले आगामी दिनमा वाणिज्य बैंकसँग निरन्तर सहकार्य हुने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १६:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।