Logo

अर्थ

सेयर बजारमा ९ अंककाे गिरावट, ५ अर्ब २ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७ को विन्दुमा कायम भएको छ ।

आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब २ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ ।  यस कम्पनीकाे २४ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ४.६५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १५:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।