काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो नवीनतम उत्पादन सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी (५५ इन्च) प्रदर्शनीमा प्रस्तुत गरेको छ ।
घरमै कराओकेको अनुभव दिने नेपालकै पहिलो काराओके क्यूएलईडी टिभी भएको यस टेलिभिजनलाई दर्शकहरूले अत्यधिक चासोका साथ अवलोकन गरेका छन् ।
अटोमोबाइलमै केन्द्रित प्रदर्शनीमा पहिलो पटक कुनै नेपाली इलेक्ट्रोनिक्स कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेको भन्दै सीजी इलेक्ट्रोनिक्सले यसलाई ऐतिहासिक उपलब्धि बताएको छ ।
सीजीको स्टलमा स्थापना गरिएको काराओके एक्सपेरियन्स जोनमा आगन्तुकहरूले आफ्ना मनपर्ने गीतहरू गाएर प्रत्यक्ष अनुभव लिएका छन् । उत्कृष्ट प्रस्तुति दिने प्रतिभाहरूलाई कम्पनीले विशेष उपहार पनि प्रदान गरेको छ ।
‘सीजी मेरिडिया काराओके क्यूएलईडी टेलिभिजन केवल एक उपकरण होइन—यो परिवार, साथीहरू र समुदायलाई संगीतमार्फत जोड्ने माध्यम हो । नाडामा यसलाई प्रदर्शित गर्न पाउँदा हामी उत्साहित छौं,’ सीजी इलेक्ट्रोनिक्सले जनाएकाे छ ।
सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी औपचारिक मूल्य रु. १,०५,९९० रहेकाे छ ।
प्रमुख विशेषताहरू
-५५” QLED 4K UHD डिस्प्ले (HDR10+, Dolby Vision, Anti-Glare)
-इन्टिग्रेटेड सिनेमा साउन्डबार र Audio Drum Bass Engine
-Dual Mic Input, Vocal Effects, Karaoke Song Library
-Google TV OS, Game Mode, 120Hz Refresh Rate
-Dual-band Wi-Fi, Bluetooth 5.0, 3× HDMI, 2× USB पोर्ट


















प्रतिक्रिया