Logo

अर्थ

हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि बन्दमुखी योजना निष्काशन गर्ने



काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखी योजना निष्काशन गर्ने भएको छ । कम्पनीले एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त फण्डको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ । फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १४:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।