काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा इलेक्ट्रिक गाडी निर्माता एलएस अटोले अनौठो अफरसहित उपस्थिति जनाउँदा मेलाको माहोल थप रोमाञ्चक बनेको छ।
कम्पनीले आफ्ना इभी ‘एलईभी ०१’ खरिद गर्ने ग्राहकलाई दुबई, मलेसिया, बाली र थाइल्यान्ड भ्रमण प्याकेज उपहार दिने घोषणा गरेको छ ।
एलएस अटोकाअनुसार यो अफर नाडा अटो शोमै गाडी बुक र सोही स्थानबाट डेलिभरी लिने ग्राहकका लागि मात्र लागू हुनेछ । अन्य ग्राहकका लागि १.५ लाख नगद छुट, १ लाख एक्स्चेन्ज बोनस, लोयल्टी बोनस र पूर्ण बीमासहित छुट्टै प्याकेज प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।
हाल एलएस अटोले ५९.९५ लाख रुपैयाँ मूल्यको स्ट्यान्डर्ड एडिसन र ६४.९५ लाख रुपैयाँ मूल्यको कम्फर्ट एडिसन बुकिङ खुला गरेको छ । गाडीमा ५०० किमी रेन्ज, ३६० डिग्री क्यामरा, १० एयरब्याग, वायरलेस चार्जर लगायतका विशेषताहरू समेटिएको छ ।



















प्रतिक्रिया