Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे ६ अर्ब माथिकाे काराेबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९ को विन्दुमा कायम भएको छ ।

आज ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ७५ करोडको सेयर कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.२९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १५:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।