Logo

अर्थ

बैंकिङ प्रणालीमा निक्षेप १२.६ प्रतिशत र निजी क्षेत्रको कर्जा ८.४ प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले (८११ अर्ब ४९ करोड) वृद्धि भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

अघिल्लो वर्ष यो दर १३ प्रतिशत रहेको थियो ।

असार मसान्तसम्म कुल निक्षेपमा चल्ती खाता ७.१ प्रतिशत, बचत खाता ३६.८ प्रतिशत र मुद्दती खाता ४८.३ प्रतिशत रहेको छ ।

त्यस्तै, निजी क्षेत्रतर्फ कर्जा प्रवाह ८.४ प्रतिशतले (४२३ अर्ब ७३ करोड) बढेको छ, जुन अघिल्लो वर्ष ५.८ प्रतिशत थियो ।

निजी क्षेत्रलाई प्रवाह भएको कर्जामा ६२.८ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्र र ३७.२ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १६:३२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।