Logo

अर्थ

हुण्डाईद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।

विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई ८ भदौ २०८२, आइतवार “लक्सपेरियन्स २०२५” को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ प्रदान गरिएको छ ।

दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए ।

ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई हार्दिक बधाई दिंदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार ११:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।