Logo

अर्थ

एउटै इसेवा एपबाट व्यक्तिगत र व्यावसायिक खाता सजिलै व्यवस्थापन गर्न सकिने



काठमाडौं । नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ ।

यस सुविधा अन्तर्गत अब प्रयोगकर्ताले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरू एउटै इसेवा एपमार्फत सजिलै व्यवस्थापन गर्न सक्नेछन् । यसमा स्विफ्ट अकाउन्ट स्विच फिचरसमेत समावेश गरिएको छ, जसले खाता स्विच गर्ने प्रक्रियालाई सहज बनाएको इसेवाले जनाएको छ ।

इसेवाले यो नयाँ सेवा व्यवसायी र व्यापारीहरूको वित्तीय कारोबारलाई अझ सरल र व्यवस्थित बनाउन उद्देश्य राखेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आधुनिक समयमा धेरैवटा वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै यो सुविधा एकै एपमार्फत सबै कारोबारको सहज व्यवस्थापन सुनिश्चित गर्ने प्रयास भएको कम्पनीले जनाएको छ ।

नयाँ प्रणालीले विभिन्न खातामा बारम्बार लगइन गर्ने वा फरक–फरक एप प्रयोग गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ । यसमार्फत तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन, बिना शुल्क तत्काल विड्रल जस्ता सेवाहरू उपलब्ध हुनेछन् ।

साथै, दैनिक कारोबारको हिसाब–किताब राख्न सहयोग पुग्ने र बिजनेस क्युआर भुक्तानी प्रक्रियालाई अझ सरल बनाउने कम्पनीको दाबी छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १३:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।