Logo

प्रमुख समाचार

पोख्रेल, पाण्डे र ज्ञवालीको साथ : ओली नेतृत्वविरुद्ध भण्डारी मैदानमा



काठमाडौं । पार्टीमा ओलीको देवत्वकरणलाई चुनौती दिदै विधान महाधिवेशनको पूर्व सन्ध्यामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी संगठित रुपमै राजनीति मैदानमा हाम्फालेकी छिन ।

केन्द्रिय समितिको बैठकबाट एमाले सदस्यता रोकेपछि त्यसको काउन्टरमा होमिएकी भण्डारीलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा उपाध्यक्ष प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डे समेत पार्टीको ठूलो पंक्तिले साथ दिएको छ ।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मूल व्यवस्थापन समितिको नाममा आफ्नो सम्पर्क कार्यालयको विधिवत् स्थपना गर्दै भण्डारीले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग संगठित रुपमै प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएको घोषणा गरेकी छिन् ।

पार्टीको विधान महाविधेशन २२ र २३ गते यही महिनामा हुँदैछ । भण्डारीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले खुलेरै साथ दिएका छन् भने दुई उपाध्यक्ष प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि सघाएका छन् ।

सम्पर्क कार्यालय खोल्नु पहिले भण्डारी गत साता विराटनगरमा पुग्दा उनलाई त्यहाँ स्थित सिङ्गो पार्टीले स्वागत र सम्मान गरेको थियो ।

बानेश्वर स्थित कार्यालय खोल्ने क्रममा पूर्व राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीले पार्टी नेतृत्व बहुदलीय जनवाद कार्यान्वयनमा पूर्ण रुपमा असफल भएको भन्दै आफ प्रतिस्पर्धाको मैदानबाट नभाग्ने बताइन् ।

उनले आफू ३७ सालदेखि नेकपा माले हुँदैको अवस्थामा पार्टीको सदस्य भएको, बीचमा राष्ट्रपति हुँदा सदस्यता छोडेको, पार्टीकै आग्रहमा राष्ट्रपति भएको भन्दै इतिहासको पानाहरु खुला छन्, आफूलाई कसैले पार्टीमा रोक्न नसक्ने बताइन् ।

उनले सरकारको भूमिकालाई लिएर पनि कटाक्ष गरिन् । उनले अन्तरिम सरकार गठनसँगै सरकारमा सहभागी हुँदै आएको पार्टीको नीति अनुसार काम गरेको नगरेको समीक्षा गर्नु पर्ने, सिद्धान्त र मर्मको भावना अनुसार काम भयो भएन यसका निम्ति नेतृत्व असक्षम भइसकेको किन नभन्ने उनले भनिन्।

पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेलको भनाईबाट उनी आगामी महाधिवेशनका निम्ति भण्डारीको प्यानलबाट अध्यक्ष ओलीसँग प्रतिस्पर्धी हुन सक्ने पार्टीका नेता-कार्यकर्ता बताउँछन्।

उनले भण्डारीको सम्पर्क कार्यालय उद्घाटन अवसरमा नाम नलिएर ओली प्रति लक्षित गर्दै विचारकै टोपी लगाउनेहरुले विचारलाई नै क्षत विक्षत बनाइरहेको आरोप लगाएका छन् ।

विद्यादेवीलाई प्रहार गरेर आफै एकल नेता बन्न खोज्दा कतै पार्टी नेतृत्वमा केपी ओलीको देवत्वकरण अव धेरै नचल्ने हो कि भन्ने देखिन्छ पार्टीका नेता-कार्यकर्ताहरु बताउँछन् ।

विद्यादेवी भण्डारीलाई मोरङ पार्टी कार्यालयले गरेको स्वागत दृश्यले पनि पार्टीमा ओली देवत्वकरण विरुद्ध संगठित विद्रोह हुने हो कि भन्ने देखिन्छ राजनीतिक विश्लेषकहरु भन्छन् ।

पार्टीले रोक्दा रोक्दै पनि नेतृत्व विरुद्ध काउण्टरमा ओर्लिएकी भण्डारीलाई वरिष्ठ उपाध्यक्ष पोखेल, दुई उपाध्यक्ष ज्ञवाली र पाण्डे लगायत पार्टी कमिटीको ठूलो पंक्तिले खुलेर साथ दिनुले एमाले मित्र ओली नेतृत्वले चम्काएको उकुश- मुकुश विरुद्ध विद्रोह हुन लागेको संकेत दिन्छ, जानकारहरु भन्छन् ।

विगतमा भिम रावल र घनश्याम भुषाललाई कारवाही गरे जस्तो पोखेल, ज्ञवाली र पाण्डे माथि पार्टी नेतृत्वबाट कारवाही गर्ने अवस्था छैन जानकारहरुले बताएका छन् ।

विद्यादेवी भण्डारीको संगठित रुपमै पार्टीमा सक्रियता हुँदै नेतृत्वलाई खुला चुनौती दिने औपचारिक घोषणाले उकुश-मुकुशको अवस्थामा रहेका पार्टी नेता-कार्यकर्तालाई पार्टी भित्रको देवत्ककरण विरुद्ध मोर्चा कस्न प्रेरित गर्ने मानिएको छ । चर्चा साप्ताहिकमा समाचार छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार १३:१६   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।