Logo

अर्थ

नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताका लागि क्यासब्याक योजना सुरू



काठमाडौं । फोनपेले आफ्ना साझेदार बैंकहरूसँगको सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा गरेको छ ।

कम्पनीले सिटिजन्स इन्टरनेसनल, एभरेस्ट, महालक्ष्मी विकास, कुमारी, लक्ष्मी सन्‌राइज बैंक, गरिमा विकास बैंक, र साइन रेसुंगा विकास बैंकसँगको सहकार्यमा क्यासब्याक अभियान घोषणा गरेको हो ।

अभियानअन्तर्गत नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५० प्रतिशतसम्म, अधिकतम ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

यो अभियान भदौ ११ देखि सुरू हुनेछ । यसको उद्देश्य थप ग्राहकहरूलाई फोनपे क्रेडिट कार्डमार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्नु भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १२:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।