Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी बलराम श्रेष्ठको स्वामित्वमा रहेको ६४ हजार कित्ता र सेयर धनी विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेको २५ हजार ७५९ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १४:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।