Logo

कर्पोरेट फोकस

१० बैंकको ऋण समीक्षा गर्न युनुस कम्पनीसँग राष्ट्र बैंकको सम्झौता, ५ महिनाभित्र काम सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू (एलपीआर) गर्न बंगलादेशको हाउलादर युनुस एन्ड कम्पनीसँग ५ महिनाका लागि सम्झौता गरेको छ ।

राष्ट्र बैंक स्रोत अनुसार १० बैंकको अडिटका लागि ५ महिनाको समय तोकिएको छ । जसअनुसार २०८२ माघ १२ गतेसम्म कम्पनीले काम सकिसक्नु पर्नेछ ।

एलपीआरको लागि राष्ट्र बैंकले कम्पनीलाई कुल ४ करोड ३८ लाख ८१ हजार रुपैयाँ पारिश्रमिक दिनेछ । यो प्रक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)को सिफारिस अनुसार अगाडि बढाइएको हो ।

एलपीआरका लागि छनोट भएका बैंकहरूमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, एनआईसी एशिया, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य, हिमालय, प्रभु र कृषि विकास बैंक रहेका छन्।

 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १४:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।